शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक : पुनःनिर्माणसम्बन्धी अध्यादेश २०७२ पारित

काठमाडौ अषाढ ६, आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ cabinate-photo-300x145पारित गरेको छ ।  त्यस्तै यसअघि आज दिउँसो भएको चार दलको बैठकमा सो अध्यादेशको मस्यौदामा समझदारी बनेपछि अध्यादेश पारित भएको जानकारी दिदै उक्त अध्यादेश प्रमाणीकरणका लागि आजै राष्ट्रपतिसमक्ष पेस गर्ने सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।