काठमाडौ अषाढ ६, गोलभेँडाभित्र सिमकार्ड भद्रगोल जेलमा थुनुवामा रहेका नाइजेरियन नागरिकलाई न्पाल टेलिकमको नमस्तेको सिमकार्ड उपलब्ध गराउँने गौशाला बस्ने
१७ वर्षीय निमेश कपालीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा भद्रगोल जेलमा जेल सजाय भोगिरहेको नाइजेरियन नागरिक भेट्न पुगेका कपालीले शनिबार गोलभेँडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउने प्रयासलाई प्रहरीले असफल तुल्याएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसैवीच प्रहरीले कीर्तिपुर नगरपालिकाका ५१ वर्षीय माइला तामाङ र कामपा वडा न १७ धोबीचौर बस्ने ५० वर्षीय गोर्तेङ तामाङलाई प्रहरीले ४५० ग्राम लागुऔषध चरेससहित महानगरीय प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको जनाएको छ ।