शुक्रबार, चैत्र १६, २०८०

७१वटा उच्च मावि खारेजी प्रक्रियामा

काठमाडौ आषाढ ७ , उच्च माध्यमिक शिक्षा परिषद्ले दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ । कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिए पनि सञ्चालनमा नआएका देशभरिका त्यस्ता ७१ उच्च माविको अनुमति  खारेज गर्न लागेको प्राप्त समाचारमा उल्लेख गरेको छ ।

उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम, २०५५ को विनियम ६।१ बमोजिम खारेजीको लिष्टमा परेको त्यस्ता उच्च माविको सम्बन्धन खारेजसम्बन्धी निर्णय आउँदो साउन १ गतेदेखि नै लागू हुने र त्यस अघिनै ति उच्च माविलाई कक्षा ११ का विद्यार्थी भर्ना नगर्न र नगराउनसमेत परिषद्ले सूचित गरेको बुझिएको छ । यद्यपी परिषदले खारेजीको लिष्टमा परेको उमाविहरुलाई १५ दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण दिन पनि परिषद्ले भनेको समाचारमा उल्लेख आग्रह गरेको छ ।