शुक्रबार, बैशाख ७, २०८१

५ बुँदे सहमति पछि धर्नासहितको आन्दोलनको कार्यक्रम स्थगित

(धर्नासहितको आन्दोलनको कार्यक्रममा सहभागी पत्रकारहरु)

काठमाडौ अषाढ ३,  नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति र हिमालयन टेलिभिजन प्रतिष्ठान शाखाले विगत तीन दिनदेखि ५ सूत्रीय माग राख्दै जारी गरेको धर्नासहितको आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज व्यवस्थापन पक्षसँग महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, हिमालयन टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवाल र हिमालयन टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष वाइपी घिमिरेवीच भएको वार्ता पछि ५ सूत्रीय सहमतिपत्रमा हस्ताक्षर गर्दै धर्नासहितको आन्दोलनको कार्यक्रम Press release 3 asarस्थगित गरेको हो ।

आज भएको सहमतिमा हिमालयन टेलिभिजनमा उपत्यका र उपत्यका बाहिर कार्यरत सबै श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको गत चैतसम्मको बक्यौता पारिश्रमिक सहमति भएकै दिन आजै बैंकमार्फत भुक्तानी गर्ने र बाँकी दुई महिनाको असार १० गतेभित्र भुक्तानी गर्नुका साथै अबदेखि नियमितरूपमा मासिक पारिश्रमिक भुक्तानी श्रमजीवी पत्रकार ऐन, नियम र नियमावलीकाको कार्यान्वयन गर्ने लगायतका विषय रहेका महासङ्ले जनाएको छ ।

सहमतिपछि महासङ्घका अध्यक्ष विष्टले आन्दोलनमा सहभागिता र ऐक्यबद्धता जनाउने सबै प्रतिष्ठान शाखाका नेतृत्व र सञ्चार सम्बद्ध सबै सङ्घसंस्थालगायत सबै पत्रकार र सहमतिमा आउने हिमालयन व्यवस्थापन पक्षलाई धन्यवाद दिदै सहमति यथावत रूपमा कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031