शनिबार, बैशाख ८, २०८१

१६ बुँदे सहमति अन्तरिम संविधानको भावना विपरीत :जनजाति अगुवा

काठमाडौ ज्येष्ठ ३१, शनिवार आदिवासी जनजाति अनुसन्धान केन्द्रले एक अन्तरक्रिया कार्यक्रमकोआयोजना गर्दै मुलुकका प्रमख चार राजनीतिक दलहरूबीच भएको १६ बुँदे सहमति आदिवासी om-gurung- जनजातिका पक्षमा नभएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राध्यापक डा ओम गुरुङले सदियौँदेखि पछि पारिएका जनजाति, आदिवासीलाई फेरि पनि पछि पार्ने काम सोह्रबुँदेले गरेको जिकिर गर्नुभएको थियो भने नेकपा एकीकृतका स्थायी समिति सदस्य केवी गुरुङ तथा नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा केवी रोकायाले अहिलेको सहमति अन्तरिम संविधानको भावना विपरीत भएको दावी गर्नु भएको थियो।