शुक्रबार, बैशाख ७, २०८१

१६ बुँदे सम्झौताले संविधानसभाको अधिकार अपहरण गरेको राप्रपा नेपालको निष्कर्ष

काठमाडौ अषाढ ६,  राप्रपा नेपालको आज बसेको केन्द्रीयकार्य सम्पादनसमितिको बैठकले १६ बुँदे सम्झौताले संविधानसभाको मर्ममाथि गम्भिर प्रहार गरेको निष्कर्ष निकालेको छ । । त्यस्तै पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकले १६ बुँदे सम्झौताले संविधानसभाको अधिकार अपहरण गरेको दावी गरेको हो । बैठकपछि विज्ञप्तिमा राप्रपा नेपालले प्रमुख ४ दलको सर्वसत्तावादले मुलुक नयाँ द्धन्दमा फसेको दावी गर्दै ४ प्रस्तुत सम्झौता संविधानसभा बाहिर निर्णय गर्ने अनि त्यस्तो निर्णयलाई संविधानसभाले अनुमोदन गरी दिनुपर्ने जुन बाध्यात्मक प्रक्रिया कायम गरियो त्यो अत्यन्त आपत्तिजनक रहेको उल्लेख रहेकोछ । साथै, १६ बुँदे सम्झौताले चार दल बाहेकका अन्य दलहरुको भावना र एजेण्डालाई निषेध गरेको कारणले मुलुक नयाँ चरणको द्धन्द्वमा फसेको र चार दलहरुको सर्वसत्तावादको अन्त्य नभएमा भविष्यमा मुलुक थप संकटतर्फ फस्दै जाने उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा सम्झौताले अन्यदलको भावनालाई निषेध गरेको भन्दै गम्भीर आपत्ती सहित राप्रपाले सम्झौताको विरोधसंगै सर्बोच्चको निर्णयलाई पनि विरोध गरेको छ । उसले सो आदेशले सार्वभौम संविधानसभामाथि र उसको अधिकारमाथि प्रश्नचिन्शह खडा गरेको आरोप लगाएको छ ।  त्यस्तै  सर्वोच्चअदालतको अन्तरिम आदेशले संविधानसभाको सार्वभौम अधिकार माथिप्रश्नचिन्ह खडा हुनु दुःखदयथार्थ प्रतिपनि अनभिज्ञ रहनु हुन्न भन्दै । संविधाननिर्माण गर्ने दायित्व जननिर्वाचित सार्वभौम संविधानसभाको हो र संविधानको अन्तर्वस्तु बारे संविधानसभाले मात्र निर्णय गर्नु पर्दछ र गर्न सक्दछ । ’ राप्रपा नेपालले चाँडो भन्दा चाँडो संविधान बन्नु पर्दछ भन्ने नेपाली जनताको चाहनालाई चार दलको १६ बुँदे र सर्वोच्चअदालतको आदेश दुबैले कुठाराघात गरेको   उल्लेख गरेको छ   ।