शुक्रबार, चैत्र १६, २०८०

सर्वाेच्चको आदेश संविधान निर्माणको प्रक्रियामा व्यवधान:नेकपा एमाले

काठमाडौ अषाढ ५, नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले १६बुँदे सहमति कार्यान्वयन नर्गनु नगराउँन भन्दै शुक्रवार जारी गरेको आदेश १६बुँदे सहमतिको विपक्षमा रहेको निष्कर्ष निकालेको छ ।
amale-office6त्यस्तै बैठकले चार दलको बैठकबाट निकालिएको निष्कर्षलाई उपयुक्त भन्दै अदालतको आदेश आफैमा संविधान निर्माणको प्रक्रियामा व्यवधान गर्ने प्रयास भएको ठहर गरेको छ ।

एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको मन्त्री निवास पुल्चोकमा बसेको बैठकले संविधान निर्माणको प्रक्रिया संविधानसभाको क्षेत्राधिकारको विषय भएकाले यसलाई कसैले चुनौती दिन नसक्ने ठहर सहित व्यवस्थापिका–संसद्को बजेट अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गर्नु उपयुक्त नहुने र अषाढ १० गते हुने दातृ सम्मेलनमा नेपालको तयारीलाई अझ चुस्त, प्रभावकारी र गरिमायुक्त बनाउन एवम् सम्मेलनमा राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गर्न पनि सरकारको ध्यानाकर्षण गरेको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।