बिहिबार, बैशाख ६, २०८१

सरकार पुनर्निर्माणको जिम्मेवारीप्रति गम्भीर नभएको आरोप

काठमाडौं अषाढ ८, एमाओवादीका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री र मन्त्रीलाई राखेर प्राधिकरण गठन गरिनुले सरकार पुनर्निर्माणको जिम्मेवारीप्रति गम्भीर नभएको आरोप लगाउँनु भएको छ ।
 रिपोर्टस क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै रायमाझीले पुनर्निर्माणको काम प्रभावकारी रुपमा गर्न विज्ञ व्यक्तिलाई कार्यकारी अधिकार दिई प्राधिकरण गठन गर्नुपर्नेमा सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सहभागीतामा प्राधिकरण गठन गरेर गल्ती गरेको अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पनि पुनर्निर्माणका लागि नवगठित प्राधिकरण पूर्ण नभएको बताउनुभयो । उहाँले प्राधिकरण गठनमा एमाओवादीले असहमति जनाएपनि सरकारले सबैलाई एकजुट बनाएर पुनर्निर्माणको काम गर्ने बताउनुभयो ।
त्यस्तै साक्षात्कारमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले पुनर्निर्माण प्राधिकरण गठन हुनु राम्रो भएपनि प्राधिकरण गठनमा मुख्य विपक्षी दललाई सहमत गराउन नसक्नु सत्तारुढ दलहरुको कमजोरी भएको भन्दै सरकारले पर्याप्त छलफल नै नगरी प्राधिकरण गठन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।