मङ्लबार, बैशाख ११, २०८१

समाचार आदानप्रदानको लागि कामपा र राससबीच सम्झौता

काठमाडौं आषाढ ९, काठमाडौँ महानगरपालिका र राष्ट्रिय समाचार समितिबीच समाचार एवम् जानकारी आदानप्रदान गर्ने विषयमा आज सम्झौता भएको छ ।
download National-News-Agency-RSSयि दुई सस्थावीच आज भएको सम्झौता अनुरुप कामपामा भएका विभिन्न घटना, गतिविधि र विकास निर्माणका समाचार राससले सङ्कलन गर्नुपर्ने र सम्प्रेषित समाचार सेवा महानगरपालिकाबाट सञ्चालित मेट्रो एफएम ९४.६ मेगाहर्ज र हाम्रो काठमाडौं टेलिभिजन तथा अनलाइनलाई प्रसारणका लागि उपलब्ध गराउने विषय उल्लेख रहेको छ । सहमति पत्रमा कामपाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले हस्ताक्षर गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।