मङ्लबार, बैशाख ११, २०८१

“सबको आमा”

 

imageआमा मेरी आमा

मेरी मात्र हैनौ तिमी उसको पनि आमा
उसको मेरो भन्दा पनि सबकी तिमी आमा
आमा मेरी आमा

चर्म कालो गोरोले छेक्दैन तिमीलाई आमा
पोल्टैभरी पोखीदिन सन्तानलाई बराबरी माया
आगनै भरी लालाबाला तह तह जुन
हा“सो मात्र हैन आमा आँशु पनि सुन
नेपाल आमा

मेरी मात्र हैनौ तिमी उसको पनि आमा
उसको मेरो भन्दा पनि सारा नेपालीको आमा
आमा मेरी आमा
चुच्चो बुच्चो मुहारले रोक्दैन तिमीलाई आमा
सबै सन्ततिको एकनाशले चिन्नलाई छाया“
मनै भरी फैलिएको देशभक्ति लहर
बोली मात्र हैन आमा मौनता पनि सुन
नेपाल आमा

मेरी मात्र हैनौ तिमी उसको पनि आमा
उसको मेरो भन्दा पनि सारा नेपालीको आमा
आमा मेरी आमा

– गौतम डंगोल “सन्देश