शुक्रबार, चैत्र १६, २०८०

सनातन हिन्दूका लागि जनमत संग्रहको माग गर्दै प्रम कोइराला र संविधानसभाध्यक्ष नेम्वाङलाई ज्ञापन

काठमाडौ अषाढ १ ,  धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको शुरु भएको छ। नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानले हिन्दु राष्ट्र स्थापनार्थ जनमत संग्रहको माग गर्दै सोमवार प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि ज्ञापन पत्र बुझाएको छ।

Sushil-and-khum-bdrकांँग्रेस नेता खुमबहादुर खड्का संयोजक रहेको सो महाअभियानले सोमवार मुलुकलाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु कायम गर्ने मागबारे प्रमुख दलहरुबीच हालै भएको १६ बुँदे सहमति मौन रहेको । र त्यो मौनता आफुहरुका लागि स्वीकार्य नभएको जनाउँदै धर्म निरपेक्षता वा धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र भन्नेमा जनमत संंग्रह गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख भएको महाअभियानका संयोजक नेता खड्काले जानकारी दिनु भएको छ ।

त्यस्तै नेता खड्काले ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले त्यस अवसरमा धर्म निरपेक्षता विशेष परिस्थितिमा भएको भन्दै यसलाई गम्भीर रुपमा लिने बताउँनु भएको पनि जानकारी दिनु भएको छ ।  त्यस्तै अभियानले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको ज्ञापन पत्रमा मौलिक धर्म जस्तो संवेदनशील विषयलाई हलुका ढंगले हेरिएकाले देश धार्मिक द्वन्द्वतर्फ जाने भन्दै संवेदनशील हुन आग्रह गरिएको छ।