शनिबार, चैत्र १७, २०८०

सञ्चार गृह श्रम शोषणको अखडा बन्ने प्रवृति अव स्विकार्य छैन : अध्यक्ष डा.विष्ट

 हिमालय र एभेन्यूज टेलिभिजनमा पत्रकार महासङ्घको धर्ना

काठमाडौ अषाढ १, नेपाल पत्रकार महासङ्घले आज दुई टेलिभिजनका कार्यालयमा धर्ना दिएको छ । उक्त टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको ३ देखि ७ महिनासम्मको बक्यौता तलब पाउनुपर्नेलगायत मागमा ऐक्यबद्धता जनाउँदै महासङ्घले टेलिभिजनको कार्यालयमा धर्ना दिएको हो।  त्यसक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहित पदाधिकारी र विभिन्न प्रतिष्ठानका पत्रकारको सहभागितामा बानेश्वरस्थित हिमालय टेलिभिजन र त्रिपुरेश्वरस्थित एभेन्यूज टेलिभिजनका कार्यालयमा  दुई घन्टा धर्ना दिइएको थियो ।

हिमालय टेलिभिजनमा आयोजित धर्नापछि अध्यक्ष डा विष्टले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारको श्रमको शोषणको विरोधमा महासङ्घ सङ्घर्षमा उत्रिएको र अव श्रमजीवी पत्रकारको बक्यौता तलब नदिएसम्म त्यस्ता सञ्चार गृह विरुद्ध आन्दोलन जारी रहने बताउँनु भएको थियो ।

त्यस्तै उहाँले सञ्चार गृह श्रम शोषणको अखडाका रुपमा रहिरहन अब सम्भव छैन । त्यस्ता सञ्चार गृह सञ्चालन नभए पनि कुनै फरक पर्दैन भन्दै श्रमजीवी पत्रकारलाई नैतिक, आर्थिक र भौतिक रुपमा संरक्षण गर्न महासङ्घ तयार रहेको बताउँनु भएको छ। धर्ना कार्यक्रममा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घका प्रतिनिधीले ऐक्यबद्धता जनाएका छन् ।