शुक्रबार, बैशाख ७, २०८१

“ सच्चा मनले गरे पुग्छ प्यार जिबन को ”

गजल

FB_20150114_13_35_59_Saved_Pictureरजिस्मा केसी / नयाँ दिल्ली

सच्चा मनले गरे पुग्छ प्यार जिबन को ।

राम्रो काम गरेपो खुल्छ शार जिबन को ।।

बाँच्नलाई संघर्ष त गर्नै पर्ने रहिछ यहाँ ।

तर पनि कोहि चाहिन्छ आधार जिबन को ।।

फुल मात्र फुल्छ कहाँ फु्ल्छ काँडा पनि ।

उखेलेर फाल्नु पर्छ झार जिबन को ।।

तिम्रै हातमा छैन तिम्रै आफ्नै खुशी।

कसरि पो बार्ने छौ तिमी बार जिबन को ।।

रोकेर रोकिदैन निरन्तर बग्ने नदिहरु ।

थाहै हुन्न कसरि छिन्छ तार जिबन को ।।

जसले पुच्छ आँसू बेदनाले रुँदा मैले ।

उहि बन्छ रजिस्मा को सच्चा यार जिबन को ।।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031