बिहिबार, बैशाख १३, २०८१

संविधानको प्रारम्भिक मस्यौदाको विवादमा चारदल विच बन्यो सहमति

काठमाडौ आषाढ १३, मुलुकका प्रमुख चार दलबीच ज्येष्ठ  २५ मा भएको १६ बुँदे सहमति अनुरुप मस्यौदा समितिमा मिल्न बाँकी नयाँ विषयमा समान धारणाका sushil-kp-prachanda-bijayaसाथ बैठकमा प्रस्तुत हुने र संविधानसभाको मस्यौदा समितिबाट आजै सहमति जुटाई संविधानसभामा नयाँ संविधानको पहिलो मस्यौदासहितको प्रतिवेदन बुझाउने सहमति भएको छ ।

एकीकृत मस्यौदा तयारी कार्यदलले तयार गरेको मस्यौदामा नागरिकता, न्यायाधीशको पुनःनियुक्ति, स्थानीय निकायको निर्वाचन धर्म निरपेक्षताजस्ता विषयमा विवाद सिर्जना भएपछि देखिएपछि समितिलाई सघाउन आज चार प्रमुख दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको बैठकले यस्तो सहमति बनाएको हो