बिहिबार, बैशाख ६, २०८१

शान्तिपूर्ण प्रदर्शनमा सरकारले हिंस्रक दमन गरेको विप्लवको आरोप

लिपुलेक सम्झौताको विरोधमा राजधानीमा प्रदर्शन

काठमाडौं आषाढ १०, बुधवार राजधानीमा लिपुलेकलाई भारत र चीनको व्यापारिक नाका बनाउने गरी भारत–चीनबीच भएको सम्झौताको विरोध गर्दै चन्द  नेतृत्वको नेकपा माओवादीले प्रदर्शन गरेको छ । मुलुकमा दातृ सम्मेनल हुँदै गर्दा नेकपा माओवादीबाट भएको यस किसिमको प्रदर्शनको क्रममा माओवादीका पोलिटब्युरो सदस्य तिलक परियारसहित ३१ जनालाई सुGधाराबाट प्रहरीले पक्राउ गरेको थियो ।

रत्नपार्कबाट सुरु भएको जुलुस सुन्धारामा समापन भइरहेका वेला प्रहरीले हस्तक्षेप गरी पोलिटब्युरो सदस्य परियारसहित ३१ जनालाई पक्राउ गरेको हो । पक्राउका क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो । झडपमा माओवादी सम्बद्ध मजदुर संगठनका नेता योगेन्द्र कुमालसहित केही माओवादी कार्यकर्ता घाइते भएका थिए । प्रक्राउ प्रकरण पछि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै स्वाधीनताका पक्षमा आह्वान गरिएको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हिंस्रक दमन गरेको आरोप लगाएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031