मङ्लबार, बैशाख ११, २०८१

विपदबाट आक्रान्त जनजीवनलाई सहज बनाउँन माइक्रोसफ्टद्दारा निशुल्क सेवा सञ्चालन

काठमाडौं आषाढ ९,  गत बैशाख १२ गते गएको महाभूकम्पले नेपालको जनजीवनमापारेको नकारात्मक प्रभाव तथा क्षति व्यवस्थापनमा सहयोग पु-याउने लक्ष्य अनुरुप माइक्रोसफ्ट इनोभेसन सेन्टरले प्रविधिको उपयोगलाई सञ्चालन गरिरहेको छ । सेन्टरले प्रस्तुत प्रविधिको सहयोगबाट विपदको समयमा आक्रान्त मानविय जनजीवनलाई सामान्य बनाउन मद्दत पुगेको जनाएको छ ।

त्यस्तै घना बस्ती भएको काठमाडौं माभूकम्पमात्र नभएर जुनसकै विपदको समयमा व्यक्तिहरु अत्तालिदै आफु र आफ्ना पारिवारिक सदस्य, शुभचिन्तक, ईष्टमित्रको अवस्था बुझ्न व्यस्त हुन्छन । त्यसैवेला हुँन सक्ने लोडसेडिङ्ग जस्ता समस्याका कारण धेरैको मोवाइल अफहुने जस्ता यावत व्यवाहारिक समस्यालाई दृष्टिगत गर्दै माइक्रोसफ्टले माइक्रोसफ्ट सनपोड :Microsoft SunPod स्थापना गर्दै निशुल्क वाइफाइ र अन्तरराष्ट्रिय कल सुविधा सहितको सेवा Untitled-2सञ्चालनमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उल्लेख भएअनुसार माइक्रोसफ्टले यो हप्ता ललितपुरको जावलाखेलमा रहेको फटवल मैदानमा आश्रि महाभुकम्प प्रभावित करीव ३०० जनाको संख्यामा रहेका शारीरिक असक्तता भएका व्यक्तिहरुका लागि यो सुविधा उपलब्ध गराइएको पनि जनाउँदै प्रस्तुत सेवालाई भुकम्पले बढी प्रभावपारेका क्षेत्रमा क्रमश उपलब्ध गराउँदै लैजाने योजना रहेको उल्लेख गरेको छ ।