बिहिबार, बैशाख १३, २०८१

लावतीको स्मृतिमा श्रद्धाञ्जलिसभा

काठमाडौ अषाढ ७,  राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको १३ औँ दिनको स्मृतिमा आज राजधानीमा श्रद्धाञ्जलिसभाको lawati-338x400आयोजना गरिएको छ । श्रद्धाञ्जलिसभा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा एमालेका नेता राधाकृष्ण मैनाली, राजेश्वर देवकोटा प्रकाशचन्द्र लोहनी, रमेशनाथ पाण्डेलगायतलेलगायतका नेताले स्व नेता लावतीको तस्बिरमा माल्यार्पण गर्दै उहाँले मुलुकको राजनीतिक विकासमा उहाँले पु¥याएको योगदानबारे चर्चा गर्नु भएको थियो । लावतीको यही ज्येष्ठ २७ गते उपचारका क्रममा निधन भएको थियो ।