बिहिबार, बैशाख १३, २०८१

ललितकला पत्रकार समाज गठन

काठमाडौ आषाढ ११, ललितकला क्षेत्रमा कलम चलाउने पत्रकारहरु सङगठित भएका छन । कला पत्रकारितालाई व्यावसायिक, उद्देश्यमूलक र प्रभावकारी बनाउँदै समाजले पत्रकारिता र कलाकारिताका क्षेत्रलाई विस्तार गर्ने लक्ष्यसहित आज राजधानीमा ललितकलाको क्षेत्रमा कार्यरत पत्रकारको भेलाले केशवराज kantipur logoखनालको संयोजकत्वमा ११ सदस्यीय ललितकला पत्रकार समाज तदर्थ समिति गठन गरेको छ ।

नवगठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा कीर्तन अधिकारी, महासचिवमा देवेन्द्र थुम्केली, सचिवमा मधु शाही, कोषाध्यक्षमा दिवेशमान सिंह प्रधान तथा सदस्यमा अगम श्रेष्ठ, न्हुज तुलाधर, पल्लभ भुसाल, विनिता मरहट्ठ र सङ्गीता श्रेष्ठ रहनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा फुलमान बल, डब्बु क्षेत्री, राजमान महर्जन, श्याम रिमाल, टङक उप्रेती, दीपेन्द्र लामा र नवराज लम्साल रहनुभएको छ ।