शुक्रबार, बैशाख ७, २०८१

राहत रकम बुझ्दै प्रम कोइरालाले भने- बहुलवाद नै प्रजातन्त्रको सारतत्व हो

काठमाडौ आषाढ १४,  भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष प्रयोजनार्थ रकम हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराको नेतृत्वको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री सुशील कोइरालाले बहुलवाद नै प्रजातन्त्रको सारतत्व भएको sushil_koiralaबताउँदै संविधानमा संशोधनको प्रावधान हुने भएकाले सबैले चित्त बुझाउने अवस्था रहेको बताउनुभएको छ ।

त्यस्तै कुराकानीको क्रममा प्रम कोइरालाले बहुदलीय शब्दले बहुलवादको भावना समेट्न नसक्ने बताउँदै कम्युनिस्ट मुलुकमा पनि एकभन्दा बढी दल हुन सक्छन्, तर तिनले यथार्थमा बहुलवादलाई प्रतिनिधित्व गर्न नसक्ने अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै भूकम्पपीडितको सहयोगार्थ राप्रपाले कोषमा रु पाँच लाख प्रदान गरेकोसमाचारमा जनाईएको छ ।

यसैवीच प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष प्रयोजनार्थ आज प्राक्टिकल एक्सन नामक संस्थाले रु रु ११ लाख ७१ हजार ,कालीमाटी फलफूल तथा तरकारी विकास समितिले रु १० लाख,  सुनचाँदी व्यवसायी र नासो कम्युनिटीबाट रु दुई लाख एक हजार र त्यस्तै गरि ज्योतिष परिषद्बाट रु ५१ हजार सहयोग प्रदान गरेको छ । त्यस्तै गरि अमेरिकाको मेरिल्याड राज्यको बाल्टिमोरमा बस्ने नेपालीको समुदाय नासो कम्युनिटीले कोषमा रु दुई लाख सहयोग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031