शुक्रबार, बैशाख ७, २०८१

रकम कटौती नर्गन माग गर्दै काठमाडौ पत्रकार महासंघद्दारा महानिर्देशक कोइरालालाई ज्ञापन

काठमाडौ आषाढ ७, काठमाडौ पत्रकार महासंघको प्रतिनिधीमण्डलले आज सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला महाभूकम्पको बेला प्रकाशन हुन नसकेको पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी गर्दा १२ वैशाख अघिसम्म निरन्तर प्रकाशित भई भूकम्प अवधीमा प्रकाशित हुन नसकेका सञ्चारमाध्यमलाई वैशाख र ज्येष्ठ महिनाको रकम  भुक्तानी गर्दा कटौती नगरी उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

djत्यस्तै महासंघको ज्ञापनपत्र बुझदै महानिर्देशक कोइरालाले महाभूकम्पको बेला रेडियो टेलिभिजन अनलाईन, दैनिक र साप्ताहिक पत्रिकाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै संकटका नाममा विशेष गरि जनताको सूचना पाउँने अधिकारमानै प्रहार गर्न नहुनेमा जोड दिनु भएको थियो । यद्यपी उहाँले रेडियो ,टेलिभिजन तथा पत्रपत्रिका लगायतका सञ्चार माध्यमलाई सहयोग गर्ने बताउँदै यदि सञ्चार माध्यममले आयात गर्ने उपकरणमा भन्सार छुट दिने तयारी गरिरहेको जानकारी दिनु भएको छ ।

त्यस्तै महा विपद्को बेला प्रकाशन हुन नसकेको पत्रपत्रिको हकमा उपत्यकामा एक अंक र सिन्धुपाल्चोक, दोलखा र गोरखा लगायतका अति प्रभावित क्षेत्रमा दुई अंक छुट दिने तयारी भएको बताउनु भएको छ ।  तर काठमाडौ पत्रकार महासंघले १२ वैशाख अघिसम्म निरन्तर प्रकाशित भई भूकम्प अवधीमा प्रकाशित हुन नसकेका सञ्चारमाध्यमलाई वैशाख र जेष्ठ महिनाको भुक्तानीको रकम उपलब्ध गराउँन माग गर्दै भूकम्पका कारण सञ्चार माध्यममा भएको क्षति, प्रभावित पत्रकारको आवास निर्माण तथा बैंक सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेको थियो ।

प्रतिनिधी मण्डलमा शाखा अध्यक्ष गोविन्द चौलागाई । उपाध्यक्ष श्रीजन झा,सचिव रामकृष्ण अधिकारी सहसचिव ज्ञान वास्तोला लगायत केन्द्रीय सदस्यद्दय राजु लामा र ईश्वरी वाग्लेको पनि उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031