बिहिबार, बैशाख १३, २०८१

यावत व्यवधानका वावजुद पनि संविधान जारी हुन्छ : उपप्रधानमन्त्री

काठमाडौ अषाढ ७, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख राजनैतिक दलबीच भएको १६ बुँदे सहमतिसँगै संविधान निर्माण प्रक्रिया अघि बढेको र यसवीचमानै सर्वोच्चको अन्तरिम आदेश आएपनि विद्यमान बाधा अड्चनलाई हटाएर संविधानसभाले प्रक्रिया पूरा गरी चाँडै संविधान जारी गर्ने बताउनुभएको छ ।

उपप्रम सिहंले ग्लोबल युथ एसोसिएसन अफ नेपालले काठमाडौँ क्षेत्र नं १ का भूकम्पपीडितका लागि राहत वितरण प्रयोजनार्थ नेपाली काँग्रेसका सक्रिय सदस्यहरुबाट र गणेशमान फाउन्डेसनबाट सहयोग प्राप्त रु ५० हजार समेत गरि संकलीत रु ७ लाख राहत रकम वितरण गर्न राजधानीमा आज आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले भूकम्पपीडितहरुलाई राहत वितरण गर्ने क्रममा युवाजमातबाट भएको ले देखाएको सहयोगी भावनाको कदर गर्दै राष्ट्रमा विपत्ति पर्दा युवा एकजुट भएर खटिन्छन् भन्ने उदाहरणीय सन्देश प्रतिविम्ब भएको धारणा प्रस्तुत गर्दै काठमाडौँ क्षेत्र नं १ का विभिन्न वडाका ५० जना भूकम्पपीडितलाई जनही रु १४ हजारका दरले नगद राहत वितरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शरद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।