शनिबार, बैशाख ८, २०८१

यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ता खुला गर्यो

काठमाडौ आषाढ ११, एकदशक भन्दा बढि अर्थात विसं २०५७ देखि दर्तामा रोक लगाउँदै आएको नयाँ ट्याक्सी दर्ता अव खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रालयले उपत्यकामा पाँच हजार ६५० ट्याक्सी मात्र सञ्चालनमा रहेको 1079photo1जनाउँदै दर्ता खुलाउँने वा नखुलाउँने भन्ने सवालमा मन्त्रीस्तरिय निर्णय अनसार यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा ट्याक्सी दर्ता खुला गर्ने निर्णय गरिएको हो ।

त्यस्तै उपत्यकामा हाल सञ्चालित साधारण वर्गको ट्याक्सीको स्तरमा नघट्ने गरी पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो । बीस वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोकेको छ । अबदेखि बीस वर्ष पुग्नु तीन महिना अगावै पुराना ट्याक्सीलाई पत्रु गरी नयाँ सङ्ख्यामा नयाँ साधारण ट्याक्सी दर्ता गर्ने व्यवस्थालाई निरन्तरता दिन मन्त्रालयले तयारी गरेको बुझिएको छ । दर्ता खुलाउँने निर्णय संगै मन्त्रालयले ५०० ट्याक्सी वातानुकूलित डिलक्स आयातको पनि अनुमति दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।