शुक्रबार, बैशाख १४, २०८१

मेट्रो एफ.एम मा पत्रकार मञ्च गठन

काठमाडौं अषाढ ३,  महानगरपालिद्वारा संचालित मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमा विहीवार एक कार्यक्रमको आयोजना गरि पत्रकार मञ्चको शाखा गठन भएको छ । सुनिल राजोपाध्यायको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । शाखाको उपाध्यक्षमा तीर्थमान बल, सचिवमा भोजबहादुर लुङ्गेली, सहसचिवमा पुर्ण महर्जन र कोषाध्यक्षमा सुरेश श्रेष्ठ रहनुभएको छ,। त्यस्तै सदस्यहरुमा ढुण्डिराज न्यौपाने, उदेन न्हु सायमी र विक्रम शाक्यर जीतबहादुर थापा रहनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु लामाले सरकारी सञ्चार माध्यमबाट पत्रकारको भबिष्य सुनिश्चित गर्ने कामको थालनी हुनुपर्ने बताउनु भयो । त्यस्तै मञ्चका केन्दीय अध्यक्ष युवराज बिद्रोहीले व्यवसायिक पत्रकारितालाई क्रियाशिल बनाउने वातावरण तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा राख्नु भयो ।

त्यस्तै मञ्चका केन्द्रीय उपाध्यक्ष योगेन्द्रप्रताप शाही, महासचिव चन्द्रमणि भट्टराईलगायतका वक्ताले सुरक्षित भब���ष्यले मात्र इव्यवसायिक पत्रकारिता फस्टाउने धारणा राख्दै पत्रकारितासँग राजनीतिक रङ्ग पोतिएकोले पत्रकारहरुको सार्वजनिक छविमा धमिलोपन बढ्दै गइरहेको बताउदै यस पक्षको सुधार आजको पहिलो आवश्यकता रहेको बताउनु भयो ।  मञ्चले काठमाडौं उपत्यकामा क्रमश शाखा विस्तार गर्दै जाने योजना रहेको जनाएको छ ।