बुधबार, बैशाख १२, २०८१

महाभूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका सम्पदाक्षेत्र आजदेखि खुला

काठमाडौ ज्येष्ठ ३२,  सरकारले महाभूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाक्षेत्र सांस्कृतिक रूपमा नेपाल सुरक्षित छ भन्ने भन्ने सन्देश प्रवाह DSC_0049गर्ने लक्ष्य सहित आजदेखि खुला गरेको छ ।

यसरी खुला गरिएका पुरातात्विक महत्वका सम्पदा क्षेत्रमा क्रमस हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ रहेका छन । त्यस्तै भूकम्पले क्षतिग्रस्त चाँगुनारायण क्षेत्र भने केहि समय पछिमात्र खुला गरिने आज भक्तपुरमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।