बिहिबार, बैशाख १३, २०८१

भुटानी मोडलमा जान पूर्वराजा शाहलाई भारतीय शक्ति केन्द्रको प्रस्ताव

काठमाडौं अषाढ ३, पूर्वराजा ज्ञानेन्द्र शाहको दिल्ली बसाई मुलुकको लोकतन्त्रका र केही नेताका लागि ज्यादै महँगो हुने संकेत देखिएको छ । राजसंख्या पुनबर्हालीको मिसन बोकेर दुई महिनाअघि भारतको राजधानी दिल्ली गएका पूर्वराजा शाह यदाकदा मात्रै स्वदेश आउने गरेका छन् । अरु बेला मिडिया देखेपछि बोलिहाल्ने पूर्वराजा शाह मुलुक यति ठूलो विपत्तिमा परेको अवस्थामा समेत मौन र गुमनाम देखिनुलाई पनि रहस्यमय मानिएको छ ।

raja-g1साधै नेपालको राजसंस्थालाई गालि गरेर आफुनो अक्षमताको ढाकछोप गर्ने दलहरुले मुलुकमा आई परेको यो विपत्तिमा जनताप्रति देखाएको उदासीनताले पनि पूर्व राजा ज्ञानेन्द्रलाई विकल्प खोज्न सहज बनाएको हो । समाचार स्रोतका अनुसार भुटानी मोडलमा बस्न मञ्जुर रहे पुनर्बहालीका लागि मद्दत गर्ने बचत भारतीय शक्तिकेन्द्रले दिएपछि निराश हुँदै उनी स्वदेश फर्किएका थिए । यसका लागि कस्मिरका पूर्वराजकुमार एवं कांग्रेस आईका वरिष्ठ नेता करण सिंहले मध्यस्थता गरेका थिए । तर किशोरबहादुर सिंह, प्रभाकरशमशेर राणालगायतसँग यस बारेमा करण सिंहले दोहो¥याएर कुरा गरेपछि भुटानी मोडलमा जान पूर्वराजा शाह लचक भएको समाचार स्रोतले जनाएको छ ।
रक्षा र परराष्ट्र मामिला भारतको रहने गरी भुटानी राजसंस्थाले आफूलाई जोगाएको छ । पञ्चायती व्यवस्थाको अन्तिम समयमा तत्कालिन राजा वीरेन्द्रसँग भारतले यही मोडेलको प्रस्ताव राखेको तर उनले अस्वीकार गरेका कारण पञ्चायती व्यवस्था समाप्त भएको दरबारियाहरु बताउने गर्दछन् । त्यसैगरी २०५२र०६३ को जनआन्दोलनको पूर्वसन्ध्यामा पनि भारतले यही प्रस्ताव राखेका तर तत्कालिन राजा ज्ञानेन्द्रले स्वीकार नगरेको दाबी दरबारियाहरुको छ । भुटानी मोडलमा जान भारतले राखेको प्रस्ताव स्वीकार नगरेकै कारण पूर्वराजा शाह र छोरा पारसबीचको सम्बन्ध बिग्रेको बताइन्छ ।

पहिलेदेखि नै पारस भुटानी मोडेलको पक्षमा रहेको दरबार निकट स्रोतको दाबी छ । तर हिमानी र पारसबीच के कारणले सम्बन्ध बिग्रियो भन्ने कुरा भने अझै रहस्यमै छ । भारतीय चेली हिमानी किशोरबहादुर सिंहकी भान्जी हुन् । यतिबेला भुटानी मोडलमा जाने भारतीय शक्तिकेन्द्रहरुको प्रस्तावप्रति पूर्वराजा शाहलाई लचक बनाउन किशोरबहादुरले नै भूमिका खेलेको समाचार स्रोतले जनाएको छ । यता मुलुकमा निराशा बढ्दै जानु, उता विकल्पको अभ्यास हुनुले केही हुने संकेत दिएको खबर आजको तरुण साप्ताहिकमा प्रकाशित रहेको छ ।