बुधबार, बैशाख १२, २०८१

भारतीय पत्रकार रामाशिस दुर्घटनामा घाइते, सहयोगको लागि अपिल

काठमाडौं आषाढ १३, वरिष्ठ भारतीय पत्रकार रामाशिस दुर्घटनामा परी शक्त घाइते भएका छन् । वरिष्ठ भारतीय पत्रकार रामाशिसको तीव्र गतिमा आइरहेको साइकलले ठक्कर दिँदा ढाडको हड्डी भाँचिएको छ । वरिष्ठ भारतीय पत्रकार रामाशिष १२ जुन २०१५ को दिन भारतको बिहार राज्यको सितामाढी जिल्लाको 1779798_256394361205135_1001876796_nसुरसण्ढ गाउँमा दुर्घटनामा परेका हुन् । हाल ७८ वर्षीय रामाशिसको हिमाल हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ । उनी हाल उपचारार्थ अवस्थामा छन् । उनी हिड्न, डुल्न र उठ्न समेत नसक्ने अवस्थामा रहेको भन्दै  सहयोगको लागि अपिल  गरेका छन् ।

वरिष्ठ डाक्टर सशिकुमार थापाको समुहले उनको उपचार गरिरहेको छ । उनी भारतीय भएर पनि गएको ४६ बर्षदेखि नेपाली पत्रकारिता, नेपाली राजनीति, नेपालको सामजिक, आर्थिक क्षेत्रको अध्यायन र मनन गर्दै आइरहेका थिए । नेपाल भारत सम्बन्धलाई जनस्तरबाट बलियो बनाउनु पर्छ भन्नेमा उनको जोड रहेको थियो ।

नेपालमा हरेक पटक भएका लोेकतन्त्रको आन्दोलनलाई उनले उच्च महत्वका साथ रिपोर्टिड गरेका थिए । उनी हालसम्म पनि भारतीय समाचार एजेन्सी हिन्दूस्तान समाचार र युनिवार्तको लागि काठमाडौबाट रिपोर्टिङ गर्दै आएका छन् ।  तत्कालीन सरकारले राजा महेन्द्रको पालामा ९ जुलाई १९७२ मा सिंहदरबारमा भएको आगलागिको बारेमा सिंहदरबार काण्डको बारेमा रिपोर्टिङ गर्दा उनलाई नेपालबाट देश निकाला गरेको थियो । वरिष्ठ भारतीय पत्रकार रामाशिषलाई तत्कालिन सरकारले रामराजा सिंहले गरेको बम काण्डको समयमा देख्ने बित्तिकै गोली हानेर मार्ने आदेश दिएको थियो । त्यसपछि ०४६ सालमा भएको आन्दोलनमा उनलाई सरकारले ३ पटक गिरफ्तार गरेको थियो । उनको उपचार खर्चिलो एंव जटिल भएकाले सहयोगको लागि इच्छुक व्यक्तिलाई उनले अपील समेत गरेका छन् । नेपालमा लोकतन्त्रको संघर्षमा उनले सधै लोकतन्त्रको पक्षमा नेपाली जनताको सन्देश भारतीय जनतालाई दिएका थिए । बिपी कोइराला गणेशमान सिंह, कृष्णप्रसाद भटराइ, गिरिजाप्रसाद कोइराला, गजेन्द्र नारायण सिंह निकट रहेर काम गरेका रामाशिषको  सीघ्र स्वास्थलाभको कामना गर्दछ ।