शुक्रबार, चैत्र १६, २०८०

प्रमुख दल सत्ताको भागबन्डामा लागेको आरोप नेता थापाको आरोप

काठमाडौ ज्येष्ठ २३,  राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिनाकारण संविधानसभाको बैठक स्थगन गर्ने प्रवृत्तिले संविधानसभालाई लाचार बनाउँने परिपञ्च भएको बताउँनु भएको छ।
kamal-thapaरिपोर्टर्स क्लबले शुक्रवार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै नेता थापाले त्यस अवसरमा संविधानका अन्तर्वस्तुमा दलबीच देखिएका विवादित विषय संविधानसभामा छलफल गरी समाधान निकाल्नुपर्नेमा बाहिर निर्णय गरेर संविधानसभामा लाद्ने षडयन्त्र भइरहेको भन्दै मुलुकमा जनविरोधी र प्रजातान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको विचार अभिव्यक्त गर्नुभएको थियो

त्यस्तै नेता थापाल आफ्नो पार्टीलाई प्राप्त जनादेशअनुसार मुलभूत मुद्धामा संविधानसभामा फरक मत राखेर अघि बढ्ने जानकारी दिदै संविधानका विवादित विषयलाई थप छलफलका लागि सात दिन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाएर त्यसपछि संविधान निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिनुको अलावा सरकार सबै दलको सहयोग लिएर पुनःनिर्माणमा लाग्नुपर्नेमा प्रमुख दल सत्ताको भागबन्डामा लागेको आरोप लगाउँदै राप्रपा नेपाललाई सरकारमा जान जनादेश नपाइएकाले आफूहरू सरकारमा सहभागी नहुने स्पष्ट अभिव्यक्ति दिनु भएको छ।