बिहिबार, बैशाख १३, २०८१

प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ विरुद्ध चार उजुरी दर्ता

काठमाडौ आषाढ ११,    सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ विरुद्ध संसदीय kalyan shresthaसुनुवाइ विशेष समिति मा चार उजुरी दर्ता भएका छन ।

यसरी दर्ता भएका उजुरीमा न्यायाधीश श्रेष्ठले मुद्दाको किनारा लगाउँदा मुद्दाको गम्भीरतालाई विचार नर्गनुको अलावा सर्वोच्च अदालतकै न्यायाधीश रहेका बखत आर्थिक चलखेल गरी गैरमधेसीलाई मधेस आरक्षण कोटाबाट जागिर दिलाएको, जातीय हिसाबले मुद्दा जिताउने र हराउने गरेको, अकुत सम्पत्ति आर्जन गरेको, छोराको विवाहमा बीसौँ लाख खर्च गरेको, पुनरावेदन अदालतको न्यायाधीश विभिन्न मुद्धामा लाखौँ रुपैयाँ घुस लिएको भन्ने रहेको छ ।

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश श्रेष्ठको आषाढ २३ गते संसदीय सुनावाइ हुने भएको छ