शुक्रबार, बैशाख १४, २०८१

पत्रकार सिंह हत्याको आरोपमा पाँच प्रहरी निलम्बित

एजेन्सी ज्येष्ठ ३२ ,   उत्तर प्रदेशको शाहजहाँपुरमा पत्रकार जगेन्द्र सिंहलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा शनिबार पाँच प्रहरी निलम्बित भएका छन् । पीडित परिवारले उत्तर प्रदेशका पिछडिएका जाति कल्याण मामिलामन्त्री राममूर्ति सिंह बर्मा, इन्स्पेक्टर श्रीप्रकाश रायसहित नौजनाविरुद्ध एफआइआर दर्ता गरेका छन् । आरोपी मन्त्री भने फरार छन् । यी सबैविरुद्ध जगेन्द्र सिंहको 06-uttar-pradesh-map-301जलाएर हत्या गरेको आरोप लागेको छ । एफआइआरमा हत्या, आपराधिक षड्यन्त्र, धम्क्याएको तथा अशान्ति फैलाएर बेइज्जत गरेको जस्ता अभियोग लगाइएको छ । जगेन्द्र सिंहको परिवारले गैरकानुनी रूपमा काम गरिरहेको भन्दै सिंहले फेसबुकमा स्टाटस लेखेपछि प्रहरी छापा मार्न आएर हत्या गरेको आरोप लगाएको छ ।

सिंहले फेसबुकमा मन्त्री बर्मालाई प्रश्न सोधेपछि प्रहरी उनको घरमा छापा मार्न पुगेको थियो । छापा मार्दा प्रहरीले उनलाई आगो लगाएको प्रहरीको आरोप छ । प्रहरी सिंहको घरमा १ जुनमा पुगेको थियो । तत्कालै सिंहलाई लखनउको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा ८ जुनमा उनको मृत्यु भएको थियो । प्रहरीले भने सिंहले प्रहरीको टिम आफ्नो घरमा देखेलगत्तै आत्महत्या प्रयास गरेको र आत्महत्या गरेको दाबी गरेको छ । उता, समाजवादी पार्टीका महासचिव रामगोपाल यादवले एफआइआर दर्ज भएकै आधारमा कसैलाई अभियोग लगाउन नहुने बताएका छन् । केही नेताले भने मुख्यमन्त्री अखिलेश यादवलाई मन्त्री बर्मालाई तत्कालै बर्खास्त गर्न अनुरोध गरेका छन् । उता, शनिबार उत्तर प्रदेश कंग्रेस कमिटिले लोकतन्त्रको चौथो स्तम्भमाथि भएको हमला सैह्य नभएको बताएको छ । उसले राज्यमन्त्री राममूर्ति सिंहलाई तत्कालै निलम्बित गर्नुपर्ने माग राखेको छ । घटनाको विरोधमा काँग्रेसले १५ जुनमा विरोध र्‍याली निकाल्दै छ ।