बिहिबार, चैत्र १५, २०८०

पत्रकार तथा कर्मचारीको माग तत्काल पूरा गर्न युनियनको माग

काठमाडौ अषाढ २,  नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र कर्मचारीले नियमित रुपमा तलब पाउनुपर्ने माग गरेको छ । युनियनले श्रमजीवी पत्रकार र कर्मचारीको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, कार्यस्थलमा पत्रकार तथा कर्मचारीको भौतिक सुरक्षा, पूर्वाग्रहकै आधारमा सेवाबाट press unionबर्खास्ती, सरुवा र स्पष्टीकरण सोध्ने तथा मानसिक यातना दिने कार्य तत्काल रोक्नसमेत माग गरेको छ ।

यसअघि भएका सहमति कार्यान्वयनका लागि भन्दै हिमालय टेलिभिजनका पत्रकार तथा कर्मचारीले गरेको आन्दोलनप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,” – युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमाश्रमजीवी पत्रकार ऐनअनुसार नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक लगायत व्यवस्था गर्न र सोअनुसार नियमित तलब तथा अन्य सुविधा प्रदान गर्न व्यवस्थापनसँग पत्रकार तथा कर्मचारीले राख्दै आएको मागको पक्षमा युनियन प्रतिबद्ध रहेको जनाउँदै पत्रकार तथा कर्मचारीको माग तत्काल पूरा गर्ने वातावरण बनाउन टेलिभिजन व्यवस्थापनलाई अनुरोध गरेको छ ।