शुक्रबार, चैत्र १६, २०८०

पत्रकार गिरीलाई मार्ने धम्कीको प्रेस युनियनद्दारा घोर भत्र्सना

काठमाडौ अषाढ ३ , नेपाल प्रेस युनियन चितवन शाखाका कार्य समिति सदस्य श्यामसुन्दर गिरीलाई समाचार सम्प्रेषण गरेकै आधारमा ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनल् गम्भीर ध्यानाकर्षण भएको जनाउँदैपत्रकार व्यावसायिक सुरक्षाको लागि लडिरहेको अवस्थामा विभिन्न नाममा आउने धम्कीको प्रेस press unionयुनियनले घोर भत्र्सना गरेको छ ।

नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी प्रेसविज्ञप्तिमा फिल्मी डिजिटल पत्रिका फिल्मबजार डटकम सञ्चालन गर्दै आएका पत्रकार गिरीलाई गत अषाढ १ गते भूकम्पपीडितका नाममा राहत सङ्कलन गर्न अमेरिका उड्न थाले कलाकार शीर्षकमा समाचार प्रकाशन गरेको भन्दै कलाकार सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यको फोन नम्बर९ं१५१२५९०४०१२० बाट काटेर चोभारको डाँडामा फालिदिनेसम्मको धम्की दिएको उहाँको भनाइ छ ।

त्यस्तै जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी रुपमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कारबाहीको प्रक्रिया थाल्न सरकारसँग आग्रह गर्नु भएको छ ।