शुक्रबार, बैशाख ७, २०८१

पत्रकारलाई पुनस्थापना गर्न युनियनको माग

धुलिखेल ज्येष्ठ २५ ,   नेपाल प्रेस युनियनले भुकम्प प्रभावित क्षेत्रका विस्थापित पत्रकारकालाई पुनस्थापित गर्न सरकारसँग माग गरेको छ। समाचार बसेर लेख्ने सुरक्षित स्थान समेत नभएको भन्दै युनियनले तत्काल पुनस्थापना गर्न सरकासँग माग गरेको हो।

बागमती विशेष क्षेत्रीय समितिले यस क्षेत्रका जिल्ला तथा प्रतिष्ठान शाखाहरुको भेलामा पत्रकारहरुले अस्थायी बसोबास तत्काल मिलाउन, पीडित नागरिक सरहको सहयोग उपलव्ध गराउन, सञ्चार क्षेत्रमा भएको क्षतिको लागि राहत दिन, रोजगारीको ग्यारेन्टी गर्न, सञ्चार सामग्री उपलव्ध गराउन वा सो सम्भव नभए सहुलियत ऋणको व्यवस्था मिलाउन र विपत्ति भत्ताको व्यवस्था गराउन सरकारसँग माग गरेको हो ।

मन्त्री बिमलेन्द्र निधीले नेपाल प्रेस यूनियनले भुकम्प प्रभावित जिल्ला शाखालाई दैवि विपती कोष निर्माणका लागी उपलव्ध गराएको ७ हजार पाँच सय हस्तान्तरण गरे। प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले श्रमजीवी पत्रकारको पक्षमा युनियन सधैव लागेको बताए। बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारको पेशागत सुरक्षा कायम गर्दै भुकम्प अघि र पछि पुन पत्रकारितामा फर्किने वातावरण बनाउनुपर्ने बताए।

महासचिव अजयबाबु शिवाकोटीले भूकम्पपिडित पत्रकारका लागि केहि गरौ अभियान अन्तर्गत भुकम्प पीडित पत्रकारको लागि युनियनको सहयोग अभियान जारी रहने बताए । उनले पत्रकारको अत्यावश्यक सामग्री ब्याट्री बैँक, सञ्चार खर्च लगायत उपलब्ध गराएको जानकारी दिँदै पुनस्र्थापनाको लागि पहल गरिरहेको बताए। उपाध्यक्ष इश्वरी ओझा, वाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, क्षेत्रीय संयोजक रमेश खतिवडा, उपत्यका संयोजक निरज खतिवडा, भोला थापा लगायत ले भुकम्प पछि पत्रकार समेत पीडामा रहेकाले राज्यले उचित ध्यान दिनुपर्ने बताएका थिए ।

‘एक सरो लुगा बाहेक छैन’
प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष ध्रुब दंगालले डेरा समेत पुरिँदा सदरमुकाम चौतारा बस्ने कतिपय पत्रकारसँग एक सरो लुगा बाहेक केही नभएको सुनाए। “दिनदिनै अरुका दुख र पीडा समाचार बनाउछौँ तर कतिपय साथीले एकसरो कपडा बाहेक निकाल्न पाउनुभएको छैन” उनले भने, “कतिपय साथीलाई त हातमुख जोर्न समेत गाह्रो भएको छ ।”

धादिङ अध्यक्ष पोषनाथ अधिकारीले पत्रकारलाई पनि पुनस्र्थापना आवश्यक रहेको बताए। पीडित नागरिकलाई सरकारले दिने १५ हजार सरह पत्रकारलाई पनि दिएर पुनस्र्थापना गर्न माग गरे। दोलखाका दिपशंकर चौलागाईले अधिकाशं पत्रकार डेराका घरमा बस्ने भएकाले सो समेत भत्किएकाले थप पीडामा रहेको सुनाए। काभ्रे अध्यक्ष कपिल कोइरालाले जिल्लामा कृयाशिल पत्रकारको तत्काल सामुहिक बसोबास मिलाउन र तत्पश्चात अस्थायी बसोबासको व्यवस्था मिलाउनुपर्ने तर्क गरे ।

नुवाकोट अध्यक्ष किरण अधिकारी, रामेछाप अध्यक्ष बद्रि नयाँघरे, काठमाडौं अध्यक्ष नकुल अर्याल, साँखु अध्यक्ष पवनलाल श्रेष्ठ, भक्तपुर अध्यक्ष प्रवल भट्टराई, ललितपुर अध्यक्ष जानुका बराल, गोरखापत्र शाखाका अध्यक्ष हरि भट्टराई, इमेज शाखाका उपाध्यक्ष रमेश ढुङगेल र एनटीभी शाखाका अध्यक्ष महाप्रसाद लामिछाने लगायतले भुकम्पपिडित पत्रकारका पीडा बारेमा जानकारी गराउँदै पूनर्स्थापनाको लागि केन्द्रिय समितिका तर्फबाट पहल हुनुपर्ने बताएका थिए कार्यक्रममा सहभागी भौतिक पुर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले विपत्तिको समयमा सञ्चार माध्यमले पुर्याएको योगदानको प्रशंसा गरे । उनले पत्रकारका समस्या समाधान गर्न आफु सकरात्मक भएको बताउँदै मन्त्रीपरिषदमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031