बिहिबार, चैत्र १५, २०८०

नेपाली जनतालाई तत्काल आर्थिक राहत चाहिएको छ न कि परिवर्तित सरकार

PHANINDRA PHUYAL -फणीन्द्र फुयाल ज्वाला
प्रलयकारी महाभूकम्प गएको अहिले एक महिना पुरा भैसकेको छ । भूकम्पले साँढे आठ हजार भन्दा बढि नेपाली जनतको ज्यान लिएको छ भने त्यसको पाँच गुणा भन्दा बढि जनता घाईते तथा अपांग भएका छन् । भुकम्पमा परी बेपत्ता हुनेहरुको संख्या करिव २०० को हाराहारीमा भए पनि त्ससको यकिन तथ्यांक सरकार सङग छैन । भूकम्पले तहस नहस अनि त्रसित पारेका जिन्दगी यतिबेला सामन्य जनजीवनतर्फ फर्किएपनि आकाश गडाङ गुडुङ गर्दा र अलिक बेस्सरी गाडी गुड्दा पनि जमिन हल्लिएको आभाष मानिसमा परिहाल्छ र उनीहरु भुईचालो नैं आएको होकि भन्दै आत्तिई हाल्ने गरेका छन् । गत बैशाख १२ गते गएको प्रलयकारी महाभूकम्प र त्यसका लगातारका साना ठूला कम्पनले गर्दा मानिसका घरबार उठिबास बनाएको छ ।

शहरी ईलाकामा भन्दा ग्रामीण ईलाकामा भूकम्पको चकचकी बढि मात्रामा देखिएको छ । भूकम्पले गर्दा कति परिवारमा साना नानीबाबू मात्र छन् । उनीहरुका वा आमा तथा अबिभावकरु भूकम्पले समाप्त पारेको छ । करिव एक मिनेटको कम्पनले कतिपयको जीवन नैं कहालि लाग्दो र अपत्यारीलो बनाईदिएको छ । अति प्रभावित भनेर सरकारको तथ्याङकमा परेका १४ जिल्लाका अधिकांस सरकारी भवन र व्यक्तिगत भवनहरु बस्नै नमिल्ने गरी चर्किने, लड्ने तथा ध्वस्त भएका छन् । सहरी क्षत्रका कतिपय भग्नावशेष भवनहरु नेपाली सेनाले भत्काएको छ भने ग्रमीण ईलाकामा रहेका भग्नावशेषहरु विभिन्न राजनीतिक दलका भातृ संगठनहरले ‘क्लिन’ गरेका छन् । अझै कतिपय भग्नावशेषहरु त्यतिकै छन् ।

तर यति गरेर मात्रै भूकम्पीडहरुको गहिरो घाउ निको हुदैन । सरकारले बितरण गरेको राहतका सामग्रीहरु पहुचहुनेहरुले दोहो-याई तेहे-याई पनि लिएको म स्वयम्ले पनि समाचार रिपोर्टिङका क्रममा देखेको छु । कतिपय बिकट ग्रामीण भेगका जनताले भुकम्प गएको १०÷१५ दिनपछि बल्ल त्रिपाल पाएका छन् । शहरबजार र सदरमुकाम केन्द्रित पीडितहरुको आखामा सवै एनजिओ तथा आईएनजिओ परे भने बिकट स्थानमा सरकारी निकायको उपस्थित निकै ढिलो र पातलो रुपमा देखा परेको पाईयो । जनताको धान, मकै, आलु गहँु, कोदो लगायत खाद्यान्न माटोमा पुरिएको छ । सरकारले दिएको एक बोरा चामल र दुई चार पीस चाउचाउ बिस्कुट पनि उहिल्यै सकिसक्यो । जनता फेरी भोक भोकै बस्न बाध् भएका छन् । बर्षा सुरु हुन लाग्यो । जनतको त्रिपालमा अव बर्खे भेल पस्ने निस्चित छ । हावा हुरीले जनताको त्रिपाल उडाएका छन् । बाँकि रहेका त्रिपाल पनि दुलै दुला परी घाम पानी छेक्न नसक्ने अवस्थामा रहेको स्थलगत रिपोर्टिङका क्रममा सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लाका ग्रामीण ईलाकामा देखिएको छ ।

सरकारले घर पूर्णं ध्वस्त हुने प्रत्येक परिबारलाई रु दुई लाख दिने घोषणा त गरेको छ तर त्यो रकम कहिले सम्ममा पाईएला र पाईने हो वा होइन जनता विस्वस्त हुन सकेका छैनन । सरकारले पहिलो चरणमा जस्तापाता खरिद गर्नका लागि भनेर दिने घोषणा गरेको रु १५ हजार यतिबेला सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाका जनताले पाउन सकेका छैनन् । वर्षा सुरु हुनै लाग्दा पनि सरकार अझै कहिले एक हप्ता त कहिले अर्को हप्तामा दिन्छौं त कहिले तत्काल दिई हाल्छौं भन्दै जनताको आखामा छारो हालेर आशै आशामा निरामा ल्याउन मात्रै उद्यत छ ।  यता सरकारले राहत वितरणमा समेत भेदभाव गरेको, राहतका सामग्रीमा अनियमितता भएको र राहतका लागि बिक्रि गर्न लगिएको जस्ता पाता, त्रिपाल लगायतका सामाग्री बिक्रि भएको भन्दै जनगुनासो सुनिन थालेका छन् । सरकार नैं देशका जनताको अबिभावक भएको हुदा सरकारले जनताको हरेक समस्यालई वैज्ञानिक तरिकाले हल गर्नुपर्ने आहिलको आवश्यकता हो ।
जनता यतिबेला बिपतको घडिमा छन् । जनता सरकारले कहिले आर्थिक राहत उपलव्ध गराउला र बर्खे बासको व्यबस्था गरौला भनेर आशामा दिनहरु बिताउदै छन् । तर सरकार र राजनीतिक दलका नेताहरुलाई जनताको पीर भन्दा पनि कुर्सी र सत्ताको पीर बढि देखिएको छ । सरकारमा रहेका काग्रेस – एमालेहरु फेरी पनि आफुहरुकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिईरहेका छन् भने प्रमुख प्रतिपक्षि दल एनेकपा ९माओवादी० ले सरकारमा जानसक्ने संकेत दिएको छ । तर फेरी पनि मन्त्रालय बाँडफाँडमा किचलो आउन सक्ने र जनताको बास्तविक पीडा र दुःखमा यीनीहरुले साथ नदिने पो हुन् कि भन्नेमा जनता त्रसित बनेका छन् । यतिबेला नेपाली जनतालाई तत्काल भरपर्दौ आर्थिक राहत चाहिएको छ न कि परिवर्तित सरकार ।

samabeshi@gmail.com