शुक्रबार, बैशाख ७, २०८१

नेपालको पुनःनिर्माणका लागी विश्व बैंक समूहले रु पचास अर्ब लगानी गर्ने

काठमाडौ आषाढ ८, विश्व बैंक समूहले नेपालको पुनःनिर्माणका निम्ति करिब रु ५० अर्ब लगानी गर्ने भएको छ । लगानी गरिने उक्त रकम बैंक सञ्चालक world-bank-300x300समितिको स्वीकृतिमा निर्भर हुने समूहको प्रधान कार्यालय वासिङ्टन डिसीबाट आज अपराह्न प्राप्त प्रेस विज्ञप्तिमा जनाइएको छ । निर्धन ग्रामीण क्षेत्रमा आवास पुनःनिर्माणका निम्ति रु २० अर्ब र रुसरकारी बजेट तथा बैङकिङ प्रणालीको सुदृढीकरणमा रु १० अर्ब लगानी हुने तथा विश्व बैंकका विद्यमान परियोजना र पुनःनिर्माणका प्रयासमा क्रमशः रु १० र २० अर्ब अतिरिक्त लगानी गरिने छ ।

“सहायता आवश्यक परेको अहिलेको जटिल अवस्थामा विश्व बैंक समूह नेपाली जनताका साथमा छ, हामी नेपाल सरकार र उसका अन्तर्राष्ट्रिय साझेदारसँग उपयुक्त पुनःनिर्माणका निम्ति स्रोत जुटाउन सहकार्य गरिरहेका छौँ,”– भूकम्पपीडित गरिबका घर पुनःनिर्माण र उनीहरूको जीवन यापनलाई सहज तुल्याउन बैंकले हरसम्भव प्रयत्न गर्ने स्पष्ट गर्दै समूहका अध्यक्ष जिम यङ किमले भन्नुभएको छ । ईहिराल्डपोष्टबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031