बिहिबार, बैशाख १३, २०८१

नेउवा महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौ आषाढ १२,  नेपाल उद्योग वाणिज्य महासङ्घको आउँने शुक्रबार हुँने अध्यक्ष पदको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुँने भएको छ । नेउवा महासंघको FNCCIअध्यक्ष पदका लागि हुने निर्वाचनमा महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्षद्वय श्रीमती भवानी राणा र भाष्करराज राजकर्णिकारले मनोनयन दर्ता गर्नुभएको हो । यसअघि निर्वाचित अध्यक्ष प्रदीपजङ्ग पाण्डे उपर भ्रष्टाचार मुद्दामा गत चैत ३ गते सर्वोच्च अदालतले दोषी ठहर गरेपछि महासङ्घको अध्यक्ष पद रिक्त भएको थियो ।