शनिबार, बैशाख ८, २०८१

“निम्तो”

image (1)तिमीले बोलायौ बास बस्न दिलको घरैमा

पाइला अघि बढ्न खोज्थे जव जव तिमी तिर

जतै ततै सोझिदिन्थे  काँडै काँडा मेरैतिर

तिमीले बोलायौ बास बस्न दिलको घरैमा

तिम्रा आँखा भरी लटपटेको गाजल

पुछ्न खोज्दा दिलमा हुन्छ हलचल

तिमीले देखायौ साथ हिंडने जीन्दगीको बाटो

एकान्तमा एक्लै तडपिनुको साटो

तिमीले बोलायौ बास बस्न दिलको घरैमा

तिम्रा ओठै भरी रङ्गिएको लाली

चुम्न खोज्दा मनमा चल्छ हुरी

तिमीले संगाल्यौ यादै यादका मीठा तरेली

पिरतीले रातभरी भीजेछ परेली

तिमीले बोलायौ बास बस्न दिलको घरैमा

– गौतम डंगोल “सन्देश

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031