बिहिबार, बैशाख १३, २०८१

नक्कली भारु कारोबारका नाइके हुसेन अन्सारी पक्राउ

काठमाडौ ज्येष्ठ ३२, नक्कली भारतीय रुपैयाँ कारोबारका नाइके इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । युनुस अन्सारीपछि नेपालमा नक्कली भारतीय रुपैयाँ कारोबारका नाइके मानिने अन्सारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ६ वर्षअघिको मुद्दामा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो । अदालतले तीन वर्ष कैद र दुई करोड ६१ लाख नौ pakrauहजार जरिवाना सुनाए पनि उनी फरार रहँदै आएका थिए । उनलाई पक्राउ गरी अदालतमार्फत जेल चलान गरिएको सिआइबीका एसपी श्यामलाल ज्ञवालीले बताए । २६ जेठ ०६७ मा ललितपुर अदालतले अन्सारीलाई नक्कली भारु कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो ।

२० कात्तिक ०६६ मा प्रहरीले ललितपुरको कुपन्डोलस्थित अमर श्रेष्ठको घरमा छापा हानी सेखसखी अहमदलाई पक्राउ गरेको थियो । उनको डेराबाट प्रहरीले ५४ लाख ३९ हजार नक्कली भारुसमेत बरामद गरेको थियो । पक्राउ परेका अहमदले अन्सारीको निर्देशनमा आफूले उक्त काम गरेको बयान दिएका थिए । अन्सारीलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो । उनी फरार नै रहेको अवस्थामा फैसला भएको थियो । आइतबार सिआइबीले उनलाई अदालतमार्फत नख्खु जेल चलान गरेको छ । २५ असार ०६७ मा सिआइबीले नक्कली भारुसहित पक्राउ गरेपछि कैद सजाय भुक्तान गरी उनी केही महिनाअघि मात्र छुटेका थिए। बाराको भवानीपुर घर भएका उनी नक्कली नोट कारोबारमा नेपालमा व्यवस्थापकको भूमिकामा थिए ।

तराईमा एक समय उनी हतियारको कारोबारमा समेत संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् । नक्कली नोट कारोबारमा युनुस र इल्ताफबीच कहिले साथी र कहिले दुस्मनीको सम्बन्ध रहँदै आएको थियो । अन्सारी पनि नक्कली नोट कारोबारकै आरोपमा जेलमा छन् । मुख्य कारोबारी पक्राउ परेसँगै एक वर्षयता नेपालमा नक्कली भारु कारोबार घटेको छ । उनीहरूले पाकिस्तानबाट विभिन्न देश हुँदै नेपालमा नक्कली भारु भित्र्याएर सडकमार्गमार्फत भारतीय बजारमा भित्र्याउने गरेका थिए । कारोबारीले गरिब सर्वसाधारणलाई भरिया बनाएर यस्तो धन्दा चलाउँदै आएको खवर नयाँ पत्रिका दैनिकले छापेको छ ।