शुक्रबार, बैशाख १४, २०८१

धर्नापछि एभिन्यूज व्यवस्थापनसंग ५ सूत्रीय सहमति ,हिमालय टेलिभिजनमा आन्दोलन जारी

काठमाडौ अषाढ १,  नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र एभिन्यूज टेलिभिजन प्रतिष्ठान शाखाले ५ सूत्रीय माग राखी त्यहाँ सुरु गरेको आन्दोलन व्यवस्थापन पक्षसँग भएको वार्ता र सहमति पछि त्यहाँ जारी रहेको धर्ना सहितको आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । धर्नाको क्रममा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र त्यहाँको प्रतिष्ठान शाखाका अध्यक्ष विष्णुबहादुर बस्नेतबीच धर्ना लगत्तै भएको दुई पक्षवीचको वार्तापछि ५  सूत्रीय सहमति भएको भएपछि एभिन्यूज टेलिभिजनमा जारी आन्दोलन स्थगित भएको हो ।

सहमतिमा एभिन्युज टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको बक्यौता पारिश्रमिक रकम तीन दिनभित्र भुक्तानी पाउने गरी आजै चेक मार्फत बैंक खातामा पठाउने र अब उप्रान्त नियमित मासिक पारिश्रमिक भुक्तानि गर्ने उल्लेख रहनुको अलावा श्रमजिवी पत्रकार ऐन बमोजिम तोकिएको न्युनतम पारिश्रमिक सबै पत्रकारले प्राप्त गरिरहेको व्यवस्थापन पक्षबाट जानकारी भएकोले ऐनका अन्य व्यवस्थाहरु कार्यान्वयनका लागि महासंघको शाखाले एक साताभित्र विवरण मगाउनेसहितका प्रारम्भिक गृहकार्य गर्ने र व्यवस्थापन पक्षले २०७२ असार मसान्तभित्र ऐन बमोजिम नियुक्ति पत्र, दुर्घटना विमा, स्वास्थ्य विमा लगायतका सबै सुविधाको व्यवस्था गर्ने दुबै पक्षबीच सहमति भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहमतिअघि आज महासङ्घका अध्यक्ष डा विष्टसहित पदाधिकारी र विभिन्न प्रतिष्ठानका पत्रकारको सहभागितामा मध्य बानेश्वरस्थित ‘हिमालय टेलिभिजन’ र एभिन्युजका कार्यालयमा दुई घन्टा धर्ना दिइएको थियो । तर हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवालले पनि चाँडै बक्यौता रकम भुक्तानी गर्ने विश्वास आन्दोलनकर्मीलाई दिए पनि हिमालय टिभी व्यवस्थापनसँग संक्षिप्त वार्ता भएपनि कुनै सहमति हुन नसकेकोले हिमालय टेलिभिजनमा आन्दोलन जारी रहेको महासङ्घ ले जर्नाको छ । जारी आन्दोलन अन्र्तगत भोली बुधबार विहान ११ः०० बदेजेखि सो टेलिभिजनको प्राङ्गणमा हुने धर्ना कार्यक्रममा सहभागिता र ऐक्यबद्धताका लागि केन्द्रीय समिति, सबै प्रतिष्ठान शाखाको नेतृत्व र सञ्चार सम्बद्ध सबै संघ÷संस्थाहरूलाई हार्दिक आव्हान गरिएको छ