मङ्लबार, बैशाख ११, २०८१

ताइवानका समाजसेवीद्धारा पत्रकारलाई सहयोग

 काठमाडौं ज्येष्ठ २५,  जनवादी गणतन्त्र चीनको ताइवानका समाजसेवी चाउ मिन रिन ले १२ वैशाखमा नेपालमा आएको महाभूकम्पपीडित पत्रकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । ताइवानमा स्थापित समाजसेवी रहेका उनले काठमाडौं भ्रमणका क्रममा नेपाल सञ्चार मञ्चमार्फत् पत्रकारहरुको बसोबासका लागि सहयोग गर्ने आज घोषणा गरेको हो  ।

11269864_10202875930137982_18140652_n 11289602_10202875930377988_744635399_nरिनले पहिलो चरणमा दुईदर्जन पत्रकारलाई सहयोग गर्ने बचन दिएको जानकारी दिदै मञ्चका महासचिव पर्शुराम काफ्लेले दुई बण्डलका दरले प्रति पत्रकार जस्तापाता दिने र यसबाट अस्थायी आवास निर्माणका लागि पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त सहित सञ्चार मञ्चलाई २० जना पत्रकारका लागि दिने जस्तापाताको कुपनसमेत हस्तान्तरण गर्नु भएको जानकारी दिनु भएको छ ।

त्यस्तै रिनले त्यस अवसरमा चरणबद्धरुपमा अन्य नेपाली पत्रकारलाई पनि सहयोग गर्दैजाने प्रतिवद्धता जनाएको उल्लेख गर्दै भूकम्प पीडित नेपाली पत्रकारलाई उनको मुलुक चीन र ताइवानका अन्य समाजसेवीले पनि सहयोग गर्न चाहिरेको र त्यसबारे स्वदेश फर्किएपछि आफूले केही प्रयास गर्ने जानकारी दिनु भएको महासचिव काफ्ले जानकारी दिनु भएको छ ।

त्यसैगरि कार्यक्रममा मञ्चका अध्यक्ष निरन्जन ओझाले समाजवेवी चाऊ मिन रिनको सहयोगबाट थोरै भए पनि पत्रकारहरुको समस्यालाई सम्बोधन गर्न आग्रह गर्दै गर्दा त्यसको जबाफमा रिनले आफू त्यसका लागि इच्छुक रहेको र स्वदेश फर्किएपछि त्यसका लागि पहल गर्ने जानकारी दिनु भएको थियो । सो अबसरमा मञ्चका तर्फबाट रिनलाई सम्मानपत्रसहित मायाको चिनो हस्तान्तरण भएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारी र सञ्चारकर्मी सहभागी थिए । मञ्च स्वतन्त्र पत्रकारहरुद्धारा हालसालै गठन भएको संस्था हो ।