शुक्रबार, बैशाख ७, २०८१

झुक्कने छैन, विक्ने छैन् स्वतन्त्र कलम’

हिम शिखर-  नयाँदिल्ली ,अषाढ १ , 

 pen-

२१ औं  शताब्दीको बदलिंदो राजनितीक परिवर्तन सँगै, नेपालको संक्रमणकालीन  राजनीतिक आर्थिक र सामाजिक अवस्था र गत वैषाख १२ गते देखि प्राकृतिक प्रकोपको शिकार भएको नेपाल र त्रशित नेपाली जनताको भयावह परिस्थितिको विचमा, संसार भर भइरहेको हरेक गतिविधि नियाल्दैं, समाजमा लुकेका, लुकाईएका, दवेका , दवाईएका सार्वजनिक महत्वका विषयलाई खोतल्दै, देश र जनता प्रति उत्तरदायी हुँदै सूचना र संञ्चारका विभिन्न माध्यमद्वारा आम जनता समक्ष पु(याउनको निम्ति कलमजीवीको कतव्र्य निष्ठा प्रति पेशागत मर्यादालाई कायम गर्दै, सूचना र संञ्चार जगतमा नयाँ आयम थप्नको निम्ति दशकौं देखि टेलिभिजन, रेडियो, छापा र अनलाईन मिडियाको क्षेत्रमा कृयाशिल पत्रकारहरुका मौलिक हक, अधिकार, सुरक्षा सुनिश्चत गर्न शसक्त रुपले संगठित भई कलम चलाउन, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंधका उच्चपदस्थ पदाधिकारीहरुको रोहवरमा नेपाल पत्रकार महासंध भारत शाखा यहि जेष्ठ १७ गते भारतको  राजधानी दिल्लीमा विधिवतरुपमा धोषणा  भएको छ ।

राष्ट्र र राष्ट्रियता, नेपाल र  नेपाली जनताको पहरेदारको भुमिका निर्वाह  गर्दै आएका कलमजीवीहरुमाथि थप कतव्र्य र  जिम्मेवारी थपिएको छ । साथमा अग्ला चुनौतिका पहाडहरु पनि । प्रवासमा कामको शिलशिलामा, व्यावसायको शिलशिलामा, अध्यनको शिलशिलामा, वैदेशिक रोजगारीको शिलशिलामा रही आएकाहरुको विभिन्न किसिमको आ-आफ्ना समस्याका चाङ्गहरु छन् भने अर्कोतर्फ ठगी गीरोह,मानव तस्कर, कालाबाजारी गर्नेहरु र प्रवासी नेपालीका जीवन र सपनामा कुठाराधात गर्नेहरु जाल थाप्लै खुले आम घुमी रहेका छन् । यी यावत उपरोक्त समस्या खोतल्ने  क्रममापिडितलाई न्याय र क्षतिपूर्ती  दिलाउन र पिडकलाई न्यायको कठघरामा उभ्याउनको लागी कलमजीवीहरुले पत्रकारिताको माध्यमद्वारा सम्बंधित निकायमा पु–याउँदै गर्दा अमानवीय हर्कत गर्दै आईरहेकाहरुबाट लालच, धाक र धम्की जस्ता कृयाकलाप नगर्लान भन्न सकिन्न् , तर अब बेला आएको छ……………? विचार र कलमको शक्ति तरवार, बन्दुक र आणविक हथियार भन्दा बलियो र शक्तिशाली हुन्छ भन्ने उद्धोषणलाई व्यवहारमा उतार्ने बेला आएको छ ।  तसर्थः अब प्रवासी नेपालीहरुका सुरक्षा मौलिक हक र अधिकारका आवाज, शोषण, अन्याय र अत्याचार दमनका दमित आवाज, ठगिने,बेचिने र मिचिने हरेक नेपालीका चित्कार दिल्लीको रायसीना हिल र बाराखम्बा देखि लेनचैर र सिंहदरबार सम्म गुञ्जीने छ । अब कलम झुक्ने छैन, बिक्ने छैन, रोकिने छैन र शसक्तरुपले अगाडी बढने छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031