शुक्रबार, चैत्र १६, २०८०

चार दलबीच भएको १६ बुँदे सहमति राजनैतीक धोका : अध्यक्ष महतो

काठमाडौ अषाढ १,  मुलुकका प्रमुख दलहरुले १६ बुँदे सहमतिको नाममा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान जारी गरे सद्भावना पार्टीले संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ ।  सद्भावना पार्टीले आज राजधानीम आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले १६ बुँदे  सहमतिमा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान बनाए आफ्नो पार्टीलाई मान्य नहुने भन्दै ज्येष्ठ २५ गतेका दिन चार दलबीच भएको १६ बुँदे सहमति आफैमा राजनैतीक धोका भएको दावी गर्नुभएको छ।

त्यस्तै अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनसहितको सङ्घीय संविधानका लागि वृहद अभियान चलाउने र यसको लगि अषाढ ७ र ८ गते पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका २० जिल्लामा पार्टीले अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।