मङ्लबार, बैशाख ४, २०८१

कृषिले बोनस सेयर र नगद लाभांश दिने

काठमाडौं ज्येष्ठ ३१ , कृषि विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ को मुनाफाबाट आफ्ना साधरण सेयरधनीलाई सात प्रतिशत बोनस सेयर र ८ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । ADBL_ बैंकको आज यहाँ सम्पन्न आठौँ वार्षिक साधरणसभाले उक्त निर्णय गरेको हो । उक्त निर्णयबाट बैंकका दुई लाख १० हजारभन्दा बढी सेयरधनी लाभान्वित भएका छन् ।  त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत ६ प्रतिशत नगद लाभांश दिने निर्णय भएको उक्त बैंकले जनाएको छ ।