शुक्रबार, चैत्र १६, २०८०

संविधानको प्रारम्भिक मस्यौदा मस्यौदा समितिको बैठकमा प्रस्तुत, शनिवार छलफल हुँने

काठमाडौ आषाढ ११,  शुक्रवार बिहानैदेखि सिंहदरबारमा बसेको संविधान मस्यौदा समितिको बैठकले १६ बुँदे सहमतिको भावनालाई समेटेर संविधानको प्रारम्भिक मस्यौदा तयार biccगरेको छ ।  संविधानको मस्यौदा तयार पार्नका लागि कार्यदलले तयार पारेको मस्यौदालाई संवैधानिक र कानुनी भाषा मिलाउँन विज्ञको समेत सहयोग लिइएको जनाउँदै कार्यदलले तयार पारेको मस्यौदा आज संविधानसभा मस्यौदा समितिको  बैठकमा पेस गरिएको छ ।

 मस्यौदा समितिको  बैठकमा  पेश गरेपछि मस्यौदामाथि केन्द्रित रहेर शनिवार बस्ने समितिको बैठकमा छलफल हुने बताईएको  छ ।