बुधबार, बैशाख १२, २०८१

एमाओदीले भन्यो- सर्वोच्चद्दारा शुक्रबार जारी फैसला सहमति विपरित छ सच्याउ

काठमाडौ अषाढ ५, एमाओवादी मुख्यालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले प्रमुख ४ राजनीतिक दलका बीचमा भएको maobadi-office१६ बुँदे सहमतिको विपक्षमा सर्वोच्च अदालतले शुक्रबार दिएको फैसला सहमति विपरित भएको भन्दै उक्त आदेश सच्याउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले मुलुकको संक्रमण अवस्था लाई नजर अन्दाज गर्दै अदालतले जुनरुपमा आदेश जारी गरेको छ । त्यो आदेश आफैमा क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको बताउँदै समयको माग र आवश्यकतालाई ध्यान दिनुपर्ने बताउँनु भएको छ । त्यस्तै अदालतले पनि संविधान निर्माण प्रक्रियालाई सहयोग गर्दै जनताको संविधान निर्माणको आशालाई पूरा गर्नु पर्नेमा निराश बनाएको बताउँनु भएको छ ।