शुक्रबार, बैशाख १४, २०८१

एडिबीले रु २० अर्ब सहयोग गर्ने

काठमाडौ आषाढ १०, एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछिको पुनःनिर्माणका लागि तत्काल रु २० अर्ब सहयोग गर्ने भएको छ ।  बैंकले आज राजधानीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त सहयोग उपलब्ध गराउँने घोषणा गरेको हो ।

त्यस्तै पत्रकार सम्मेलमा सम्बोधन गर्दै बैंकका अध्यक्ष ताकेहिकोले बैकको तर्फबाट उपलब्ध गराईएको उक्त सहयोग विशेषगरि विद्यालय, स्वास्थ्य चौकी, ग्रामीण सडक पुनःनिर्माणमा लगानी गरिने बताउनुभएको छ ।

त्यस्तै उक्त सहयोग रकमको अलावा बैंकले नेपालको पुनःनिर्माणलाई गति दिन भन्दै थप रु ४० अर्ब सहयोगजानकारी दिईएको थियो ।