शनिबार, बैशाख ८, २०८१

उपत्यका पुनःनिर्माणबारे सरकारलाई ३३ बुँदे सुझाव

काठमाडौं आषाढ ९, महाभूकम्पपछिको काठमाडौँ उपत्यकाको अवस्थामा यहाँको संरचना निर्माणबारे तत्काल ठोस पहल गर्न तीनवटै जिल्लाका सभासद्हरूले प्रधानमन्त्री सुशील कोइरालालाई उहाँकै निवास बालुवाटारमा ३३ बुँदे को ध्यानाकर्षणपत्र बुझाएका छन् ।

IMG_3756sjh_eventPHotograpHY_second earthquake_swoyambhu_2072सभासद् नवीन्द जोशी नेतृत्वमा १५ जना सभासद्को टोलीले आज प्रम सुशील कोइरालालाई बुझाएको ३३ बुँदे ध्यानाकर्षणपत्रमा विहिवार सम्पन्न हुने दाता सम्मेलनमा उपत्यकाको पुनःनिर्माण गर्दा यहाँका सांस्कृतिक धरोहर सुरक्षित र सुविधा सम्पन्न बनाउनेबारे दाताहरूबीच छलफल होस् भनी सभासद्हरूले प्रधानमन्त्रीलाई आग्रह गरिएकानुको अलावा विकाश या पुनःनिर्माणको अभियानमा सांस्कृतिक मूल्य र मान्यतालाई पनि मध्यनजर गरी काठमाडौँ उपत्यकाको पुनःनिर्माण र पुनःउत्थानका लागि उपत्यकालाई तीन भागमा विभाजन गरी सहरी भित्री भाग, सहरी बाहिरी भाग र पुरातात्विक सांस्कृतिक महत्वका भाग विशेष प्रकृतिअनुरूपको योजना तर्जुमा गर्न सुझाव दिईएको छ ।