शुक्रबार, बैशाख १४, २०८१

अमेरिकी सेनाको हवाई आक्रमणमा आइएसका उच्च नेता मारिए

एजेज्सी ज्येष्ठ ३२,  पूर्वी लिवियाको अज्डावियामा भएको अमेरिकी सेनाको हवाई आक्रमणमा इस्लामिक अतिवादी संगठन आईएसका मोख्तर नामका एक शीर्ष नेता मारिएका छन् । उक्त  आक्रमणको लिवियाका उच्च अधिकारीलाईउदृत गर्दै उक्त आक्रमणमा अन्य दर्जनौं लडाकु समेत मारिएको समाचार स्रोतकादावी रहेको छ ।

त्यस्तै लिवियाका अधिकारीले उनको मृत्युवारे पुष्टि गरेपनि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यसबारेमा कुनै जानकारी नदिएको पनि समाचरमा उल्लेख गरिएकोछ । यद्यपी आक्रमणको मूख्य लक्ष्य बेलमोख्तर नै भएको अमेरिकाले स्पष्ट पारेको छ । बेलमोख्तर दुई वर्ष अघि अल्जेरियन ग्यास प्लान्टमा भएको आक्रमणको मूख्य योजनाकार थिए । आइएस प्रवेश गर्नुअघि उनी अलकायदाका शिर्ष नेताका रुपमा क्रियाशील रहेको बताईएको छ ।