बिहिबार, चैत्र १५, २०८०

अखाद्य वस्तु जनतालाई वितरण नर्गन आपूर्ति मन्त्रालयलाई निर्देशन ,दोषीमाथि कारवाहीको माग

काठमाडौ अषाढ ८, संसदीय समितिले आइतबार गरेको छानविनका क्रममा डब्लुएफपीको नेपालगञ्जस्थित गोदाममा ५ सय ४१ मेट्रिक टन खान अयोग्य दाल भेटिएको सवालमा दोषीमाथि तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिका सदस्यले संयुक्त राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रमले भूकम्प प्रभावितलाई कुहिएको चामल बाँडेको घटनालाई गम्भीर रुपमा लिई विपद्को सामना गरिरहेका नेपालीको sarvajanik-lekha-samiti-baithakमानवीयतामाथि गम्भिर खेलवाड गरेको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै यो वा त्यो बाहनामा अखाद्य वस्तु भुकम्प प्रभावित जनतालाई वितरण नर्गन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा धनराज गुरुङ लगायतका सभासद्हरुले वैशाख १२ गतेको भूकम्पपछि डब्लुएफपीले गोरखा, काभ्रे र चितवनका भुकम्प प्रभावितहरुलाई कुहिएको चामल बाँडेर हेपेको भन्दै आक्रोस व्यक्त गरेनन डब्लुएफपीले कुहिएका र अखाद्य वस्तु पटक पटक बाँड्दा पनि सरकार मुकदर्शक भएर बसेकोमा सरकारको आलोचना समेत गरेका छन ।

त्यस्तै बैठकमा उपस्थित वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँग डब्लुएफपीले भूकम्प प्रभावितलाई अखाद्य वस्तु वितरण गरेर पशुको जस्तो व्यवहार गर्दा पनि सरकारले दोषीमाथि कारवाही नगर्नुको कारण माग गरेका थिए । तर वाणिज्य तथा आपूर्तिमन्त्री थापाले अखाद्य वस्तु वितरण गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने कुरा सरकारले नसहने बताउँदै मन्त्रालयले वाणिज्य विभागमार्फत छानविन अगाडि बढाएको र दोषीमाथि प्रक्रिया पुर्‍याएर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।