आइतवार, चैत्र १९, २०७९

१६ बुँदे सहमति सर्वोच्चले संविधानविपरीत भन्नु न्यायोचित नभएको अध्यक्ष ओलीको जिकिर

काठमाडौ आषाढ ८,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सन्दर्भमा प्रमुख दलहरुहरूबीचको सहमतिबारे सर्वोच्च अदालतले हालै गरेको अन्तरिम आदेश राजनीतिक भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि गत अषाढ २ गते लागि थाइल्यान्डको बैंकक जानु भएका अध्यक्ष ओली आज स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्ताृ अभिव्यक्ति दिनु भएको हो ।
kp
कुराकानीको क्रममा उहाँले जनताले आफ्ना सार्वभौम जनप्रतिनिधिलाई संविधान बनाउने अधिकार दिएर पठाएका छन्, उनीहरुहरू संविधान बनाउन स्वतन्त्र छन्, यसमा कसैको बाधाव्यवधान र आदेशले असर नर्गर्ने बताउँदै मुलुकका प्रमुख ४ राजनैतिकदल वीच ज्येष्ठ २५ मा भएको १६ बुँदे सहमतिमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन नगरी संविधान जारी गर्ने सवालमा भएको सहमति संविधानविपरीत भनी सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिनु न्यायोचित नभएको जिकिर गर्नु भएको छ ।

राष्ट्रपति डा रामवरण यादवले पनि १६ बुँदे सहमतिमा आफूसँग परामर्श नभएको भन्ने आशय बाहिर आएको छ नि रु भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, “संवैधानिक राष्ट्रपतिले राजनीति गर्ने होइन भन्ने उहाँलाई राम्ररी थाहा भएको बताउँदै कुनैपनि व्यवधानका वावजुद पनि संविधान जारी हुँनृ बताउँनु भएको छ ।  अध्यक्ष ओलीको स्वागतार्थ एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत नेता विमानस्थल पुग्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031