बिहिबार, चैत्र ९, २०७९

१६ बुँदे सहमति विपरीत मस्यौदा बनाए अमान्य

काठमाडौ आषाढ १५, एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा आबद्ध १४ दलको बैठकले १६ बुँदे सहमतिको भावनाविपरीत गएर संविधानको मस्यौदा गरि त्यो मान्य नहुने निर्णय गरेको छ ।

Prem-Bahadur-singhत्यस्तै एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमवार बसेको बैठकले संवैधानिक राजनीतिक सम्वाद सहमति तथा विगतको सहमतिविपरीत गएर मस्यौदा गर्ने प्रयत्न भएको भन्दै यस्तो निर्णय गरेको हो । तर मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार बैठकमा संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदा, दलहरूबीच भएको पछिल्लो सम्वाद तथा संविधान निर्माणमा विपक्षी दलका तर्फबाट पेश भएको असहमतिका विषयमा समेत छलफल भएको जनाउँनु भएको छ ।